Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारीको मुसिकोट नगर अध्यक्षमा घनश्याम खड्का 

नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी मुसिकोट नगरपालिकाको चौथो नगर सम्मेलन सम्पन्न भएको छ । नयाँ कार्यसमिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो । विद्यार्थीहरूको भेलाबाट घनश्याम खड्काको नेतृत्वमा २२ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरिएको छ । 

जसको उपाध्यक्षमा रमा बाँठामगर, पूजा विक, सचिवमा सुशान्त विक, सह सचिवमा कपिल विष्ट, गङ्गा ओली र कोषाध्यक्षमा सन्तोष नेपाली चयन हुनुभएको छ । सदस्यहरूमा भूपेन्द्र बुढामगर, टिकाराम बुढाथोकी, किशोर सिर्पाली, महेश सार्की, दिलीप विष्ट, रिया विश्वकर्मा चयन हुनुभएको छ । 

त्यस्तै भुवन डाँगी, झरना पुन, सिर्जन विष्ट, दीपक बुढा, पूर्णिमा चन्द, न्युटन पाण्डे, तिर्सना ओली, पूजा विष्ट र राजु परियार मुसिकोट नगर सदस्यमा चयन भएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो । सर्वसम्मत नगर समिति गठन गरिएको हो । 

386737693_346819771153526_5872639960523631315_n1696853393.jpg

सङ्गठनका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद विकको अध्यक्षतामा भएको सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा ३ महिने विशेष रूपान्तरण अभियानका जिल्ला इन्चार्ज गगन खड्काको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै ३ महिने विशेष रूपान्तरण अभियानका मुसिकोट नगर इन्चार्ज जीवन बुढा, मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का, सचिव सुशील गौतम, सङ्गठनका केन्द्रीय सदस्य समकृती पुन, केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज सुशील विष्ट, प्रदेश सदस्य रमेश रामिछाने, जिल्ला उपाध्यक्ष विशाल विष्ट लगायतकाे आतिथ्यता तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update