भूकम्प प्रभावित क्षत्रमा खटिन कार्यकर्तालाई काँग्रेस रुकुम पश्चिमको निर्देशन 

नेपाली काँग्रेस रुकुम पश्चिमले जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षत्रमा खटिन पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निर्देशन दिएको छ । जिल्ला उप सभापति हर्कसिंह खत्रीले शोक वक्तव्य जारी गर्दै भूकम्प प्रभावित क्षत्रमा खटिएर उद्धार, राहत तथा पुनर्निर्माणमा खटिन कार्यकर्ताहरूलाई भनेको हो । त्यस्तै काँग्रेसले तीन तहका सरकारलाई भूकम्प पीडितको पीडामा मलहम पट्टी लगाउन अनुरोध गरेको छ ।

राज्य जनताको निकटको अनिवार्य अभिभावक रहेको विषयलाई मध्यनजर गर्दै प्रभावित नागरिकको शारीरिक तथा मानसिक पीडामा मलहमपट्टि लगाउने कार्यमा अविलम्ब जुट्न तीनै तहका सरकार, सम्बद्ध कार्यालयहरू र सरोकारवाला निकायलाई पनि विनम्र छ विज्ञप्तिमा भनिएको छ । काँग्रेसले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनलाई समवेदना प्रकट गरेको छ ।

त्यस्तै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना सहित पीडित परिवारलाई दुःखको घडीमा धैर्य धारण गर्न पनि काँग्रेस रुकुम पश्चिमले अनुरोध गरेको छ । साथै यो घटनाले सिङ्गो पार्टीलाई नै स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।। 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update