Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र आठबीसकोट अध्यक्ष चनाराद्धारा प्रतिमृतक ५ हजारका दरले राहत प्रदान
मृतकका परिवारलाई राहत दिँदै ।

नेकपा माओवादी केन्द आठबीसकोट नगर समिति अध्यक्ष मानबहादुर चनाराले व्यक्तिगत रुपमा ५ हजारका दरले मृतक परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । मृतकका परिवारलाई केही सहज होस भन्ने उदेश्यले प्रति मृतक परिवार ५ हजारका दरले आर्थिक सहयोग गरिएको चनाराले बताउनुभयो ।

उहाँका अनुसार मृतक परिवारको घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको  हो । २३ घरपरिवारलाई गरेर १ लाख १५ हजार रकम सहयोग गरेकोे उहाँले जानकारी दिनुभयो । गत शुक्रबार भुकम्प जाँदा आठबीकोटमा मात्रै ४२ जनाको मृत्यु भएको थियोे । सबै मृतकका परिवारलाई राहत बाँडिँएको चनाराको भनाई छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update