Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र रुकुम पश्चिम भूकम्प प्रभावितको अस्थायी आवासमा जुट्ने  
पार्टी बैठक ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम तिहार पछि भूकम्पले पुर्याएको क्षतिको पुनर्निर्माण तथा अस्थायी आवास निर्माणमा लाग्ने भएको छ । पार्टीका उपमहासचिव जनार्दन शर्मा सहितका नेताहरुको आज सानीभेरी गाउँपालिकामा बसेको बैठकले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणमा खटिने निर्णय गरेको हो । 

उद्धार र राहतका विषयमा समिक्षा गर्दै माओवादीले अब लगत्तै पुनर्निर्माणमा खटिने निर्णय गरेको छ । पार्टी कार्यकर्ताहरुलाई भूकम्प प्रभावित क्षेत्रमा परिचालन गर्ने माओवादीको तयारी । विशेषगरी अहिले तत्काललाई अस्थायी आवास निर्माणमा केन्द्रीत हुने निर्णय भएको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । 

तत्कालै घर बनाउन सकिने अवस्था नभएकोले अस्थायी आवासमा पार्टीलाई प्रयोग गर्ने निर्णण भएको माओवादीको भनाई छ । त्यसका लागि सबै कार्यकर्ता तथा नेताहरुलाई जिल्लाका भूकम्प प्रभावित क्षेत्रहरुमा परिचालन गरिने छ । त्यस्तै माओवादीले भूकम्पको क्षतिको सही लगत संकलनका लागि स्थानीय तहलाई अनुरोध गर्ने भएको छ । साथै यसमा सहयोग गर्ने समेत निर्णय गरेको छ । 

हालसम्म प्रारम्भिक क्षतिको विवरण आइसकेको अवस्थामा त्यसलाई प्रमाणिकरण गर्न र कोही प्रभावित छुटेको अवस्थामा समेट्न स्थानीय तहहरुलाई आग्रह गर्ने र यसका लागि सहयोग गर्ने निर्णय भएको पार्टीले जनाएको छ । प्रारम्भिक विवरण अनुसार रुकुम पश्चिममा १६ हजार ५ सय ७० घरमा पूर्ण क्षेति पुगेको विवरण छ । 

त्यस्तै भूकम्पमा परी ५३ जनाले ज्यान गुमाएका छन् । भूकम्पबाट आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा क्षेति पुगेको छ भने भौतिक क्षति भने जिल्लाका ६ वटै स्थानीय तहमा भएको छ ।।  
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update