रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रतुमा आयोजित छैटौँ मयूर कप सम्पन्न भएको छ । चैत २९ गतेबाट सञ्चालन भएको मयूर कप वैशाख ३ गते सोमबार सकिएको हो । मयूर युवा क्लबको १७ औँ वार्षिक उत्सवको अवसरमा क्लबले विविध खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । जस अन्तरर्गत खुल्ला शुद्ध वडा स्तरीय पुरुष भलिबलको उपाधी सानीभेरी गाउँपालिका वडा नम्बर ४ ले हात पारेको छ ।
उपाधी हात पारेको सानीभेरी गाउँपालिका वडा नम्बर ४ ले नगद १ लाख सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको बाँफीकोट गाउँपालिका वडा नम्बर ३ ले ६० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्वना भएको बाँफीकोट गाउँपालिका २ र परिर्वतन गाउँपालिका ४ रोल्पाले समान २५/२५ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गरेको मयूर युवा क्लवका सचिव सोमपाल कामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलिवलमा प्रतियोगितामा रोल्पा, रुकुम पुर्व र रुकुम पश्चिम सहित १८ समुहले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै ब्याटमिन्टन प्रतियोगितामा गम्भीरमान पुनको जोडी विजेता बनेको छ । उसले नगद २५ हजार सहित मेडल, प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको इस्वर रावलको जोडीले नगद १५ हजार सहित मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।सान्तवना हुने दुई समुह विशाल विष्ट र जिवन पुनको जोडीले समान ५ /५ हजार नगद सहित मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
हाजिरी जवाफ प्रतियोगितामा दिव्य चक्षु माध्मामिक विद्यालय त्रिवेणी १ रुघाँ प्रथम, त्रिवेणी माध्यामिक विद्यालय त्रिवेणी २ सिम्रतु दोस्रो र बालकल्याण मावि कासपोखरीले तेस्रो स्थान प्राप्त गरेको छ । हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने विद्यालयलाई ५ हजार, दोस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई ३ हजार र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई नगद २ हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको क्लवका सचिव कामीले जानकारी दिनुभयो ।
एकल नृत्यमा सुनिता कठायत प्रथम, आहाना पौड्याल दोस्रो र डिला मल्ल तेस्रो हुनुभएको छ । एकल नृत्यमा प्रथम हुनेलाई नगद ३ हजार, दोस्रो हुनेलाई २ हजार, र तेस्रो स्थान हासिल गेर्नेलाई १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको हो । छेलो प्रतियोगिता सुरेन्द्र केसी विजेता हुँदै नगद ३ हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्दा भाले तान्ने प्रतियोगितामा विजेता तिलक ओलीलाई नगद २ हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
। क्लबले १७ औं वार्षिकोत्सबको अवसरमा विभिन्न माध्यमबाट क्लबलाई सहयोग पुर्याउने विभिन्न ब्यक्तिलाई सम्मान पत्रले सम्मान समेत गरेको थियो ।