Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना संक्रमितलाई हेलिकोप्टर मार्फत काठमाण्डौं लगियो

रुकुम पश्चिमका एक कोरोना संक्रमितलाई हेलिकोप्टरद्धारा अस्पताल लगिएको छ । आठबीसकोट नगरपालिकाका ४४ वर्षीय पुरुषलाई विहीबार दिउँसो हेलिकोप्टर मार्फत काठमाण्डौं स्थित नेपाल प्रहरी अस्पतालमा लगिएको हो । १०/१२ दिनदेखि विरामी भएका उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । स्वास्थ्य अवस्था विग्रदै गएपछि ४ लाखमा हेलिकोप्टर चार्टर गरेर उनलाई काठमाण्डौं लगिएको हो ।

संक्रमितको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि रिफर गरिएको स्वास्थ्य संयोजक मणिराज शाहले बताउनुभयो । लामो समयदेखि सुधार नभएपछि बाहिर रेफर गरिएको र व्यक्तिगत रुपमा हेलिकोप्टर चार्टर गरेर विरामी काठमाण्डौं गएको शाहले बताउनुभयो । हालसम्म नगरपालिकामा २० जनामा संक्रमण देखिएको छ । जसमा १८ जना होम आइसोलेशनमा छन् १ जना आइसोलशन वार्डमा छन् भने एक जनालाई रिफर गरिएको शाहले जानकारी दिनुभयो । 
 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update