Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा कोरोना संक्रमित पुरुषको मृत्यु

रुकुम पश्चिममा कोेरोना संक्रमणका कारण अर्का एक विरामीको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्लेको आइसोलेशनमा उपचारका लागि भर्ना भएका ६० वर्षीय पुरुषको विहीबार राती साढे १२ बजे मृत्यु भएको हो । दिउँसो १२ बजे उनलाई अस्पताल पुर्याइएको थियो । केही दिनदेखि उनमा ज्वरो आउने, टाउको दुःख्ने, श्वास प्रश्वासमा समस्या देखिएको थियो । समस्या बढ्दै गएपछि विहीबार मात्रै जिल्ला अस्पताल ल्याइएको थियो ।

जिल्ला अस्पताल पुर्याइएपछि गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै पछिल्लो पटक जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि वैशाख ६ गते एक ४० वर्षीया महिलाको कोरोना संक्रमणकै कारण जिल्ला अस्पतालकै आइसोलेशनमा मृत्यु भएको थियो ।

दोस्रो चरणको कोरोना सुरु भएयता जिल्लामा ९६ जनामा संक्रमण पुष्टि भएको कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो । गत बर्ष र यो बर्ष गरी जिल्लाका ३ सय ५८ जनामा कोरोना संक्रमण भइसकेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update