बागबजारमा मोटरसाइकलले ठक्कर दिँदा एक विद्यार्थी घाइते

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ५ बागबजारमा मोटरसाइकलले ठक्कर दिदा एक विद्यार्थी घाइते भएका छन् । मंगलबार साँझ विद्यालयबाट घर फर्किदै गर्दा रा ७ प ६१५५ नम्बरको मोटरसाइकले ठक्कर दिँदा ३ वर्षीय किस्मत केसी घाइते भएका हुन् । बाँफीकोट गाउँपालिका ६ मग्माका गोविन्द बुढाले चलाएको मोटरसाइकले मुसीकोट नगरपालिका ५ का मोहन केसीको ३ वर्षको छोरा किस्मतलाई ठक्कर दिएको हो ।
किस्मतलाई ओठमा सामान्य चोट लागेको र अवस्था सामान्य रहको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो । किस्मतलाई बागबजारमा प्राथमिक उपचार पछि जिल्ला अस्पताल सल्ले लगिएको छ । किस्मत विजयस्वरी मिडियम इग्लिस बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्यनरत विद्यार्थी हुन् ।
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १८:३९
प्रतिक्रिया दिनुहोस्