अवैध रुपमा काठ बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ

रुकुम पश्चिममा अबैध रुपमा काठ बिक्री वितरण गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ३ स्यालाखदीका डम्बर काष्ठ उद्योगका सञ्चालक ४६ वर्षीय डन्डेबहादुर बोहरालाई पक्राउ गरिएको हो । काष्ठ उद्योगका सञ्चालक बोहरालाई मंगलबार नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । बोहरालाई श्रोत नखुलेको काठ विक्रि वितरण गरेको आरोपमा हिरासतमा राखेर अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख परियारले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, असार ५, २०८१ २१:१८
प्रतिक्रिया दिनुहोस्