Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते 
दुर्घटनागस्त ट्याक्टर

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १२ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् । आज विहान वडा नम्बर १२ को भित्री सडक खण्डको कुलो निर्माणको लागि ढुङगा लिइ चौरजहारी चर्फ जादै गरेको  कर्णाली प्रदेश ०३००१ त ००१  नम्बरको ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुँदा चौरजहारी नगरपालिका १२ का २५ वर्षीय गोपाल खत्रीको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा चौरजहारी नगरपालिका ११ बस्ने गोपाल डाँगीको ९ वर्षको छोरा डिल्ली डाँगी, चौरजहारी १२ की १२ वर्षीया कल्पना ओली, सोही वडाकै ४३ वर्षीय शरद शर्मा, ४३ वर्षीय बलु जैशी, चौरजहारी नगरपालिका ५ का ट्याक्टर चालक लक्ष्मण कुमाई र सोही वडाकै २० वर्षीय विकास कुमाई घाइते भएको सूचना अधिकारी शाहीले जानकारी दिनुभयो । घाइतेको अवस्था मध्यम रहेको र चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर ब्रेक फेल भएर सडकबाट ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update