
रुकुम पूर्वको भूमे गाउँपालिका–६, खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र वडा सदस्यलाई भीर मौरीले टोकेको छ । आज बिहान प्रार्थनाको समयमा लाइन लागेका बेला एक्कासि आएको भीर मौरीले विद्यार्थी, शिक्षक र वडा सदस्यलाई टोकेको हो । १३ जनालाई मौरीले टोकेको र तीन जनाको अवस्था गम्भीर रहेको महत स्वास्थ्य चौकीका अहेव हेमराज ओलीले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, विद्यार्थी १० वर्षीय नरमान रोका र उनकी आमा वडा सदस्य रुचि रोकाको अवस्था गम्भीर रहेकोले जिल्ला अस्पताल रुकुमकोट पठाइएको ओलीले बताउनुभयो । मौरीले टोकेका सबैको विद्यालयसँगै रहेको सामुदायिक स्वास्थ्य इकाई खाम्दैमा प्राथमिक उपचार भएको थियो ।
अन्य सामुदायिक स्वास्थ्य इकाईमै उपचार भएको उपचारबाट ठिक भएको र उनीहरू घर फर्किसकेको तथा अवस्था गम्भीर रहेका तीन जनालाई रिफर गरिएको बताइएको छ । तीन जानलाई स्ट्रेचरको मदतमा आधा घण्टा हिँडेर सडकसम्म पुर्याइएकाे थियो । त्यहाँबाट एम्बुलेन्स मार्फत रुकुमकोट ल्याइएको हो ।
तीन जना मध्य नरमानको अहिलेसम्म पनि होस नखुलेको अहेव ओलीको भनाई छ । प्रअ दिलकुमारीको भने सलाइन चढाएपछि होस खुलेको थियो ।