Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रभू महालक्ष्मीद्धारा क्यान्सर पीडित खत्रीको परिवारलाई पाँच लाख दावी भूक्तानी  
५ लााख रुपैयाँको चेक हस्तान्तरण गरिदै ।

प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स शाखा रुकुम पश्चिमले क्यान्सर पीडित एक महिलाई विमांक बापतको रकम दावी भुक्तानी दिएको छ । आइतबार कार्यालयमै बोलाएर क्यान्सर पीडित बाँफीकोट गाउँपादिका ८ दुलीकी रमिता खत्रीको परिवारलाई विमांक बापत प्राण घातक रोग क्यान्सरको लागि ५ लाखको चेक हस्तान्तरण गरेको हो । इन्स्योरेन्सका शाखा प्रमुख ब्यूँझना पुन देवकोटाले क्यान्सर पीडित रमिताको श्रीमान मानबहादुर खत्रीलाई  चेक हस्तान्तरण गनुभएको हो ।

 रमिताले केही वर्ष पहिले छोरी ममता केसीको जिवन किरण विमा योजना अन्तर्गतको विमा गर्दिनुभएको थियो । विमा गर्दा छोरीको प्रस्तावकको रुपमा रहेकाले उहाँलाई पुरक करार सम्झौता अनुसारको प्राण घातक रोग बापतको ५ लाख रुपैयाँ  हस्तान्तरण गरिएको शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयो । क्यान्सर पीडित रमिताको विगत ३ महिनादेखि बाँकेको खजुरा क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

अप्ठेरो परिस्थितीमा आर्थिक रुपमा सहज हुने भएकाले विमा गर्नु महत्वपूर्ण पक्ष रहेको सबैले आफ्नो र परिवारको स्वास्थ्य सुरक्षाको निम्ति विमा गर्न आवश्यक रहेको शाखा प्रमुख देवकोटो जानकारी दिनुभयो । विमा गरे बापत क्यान्सर, कोमा, मृगौला फेल लगायतका विभिन्न १५ वटा प्राण घातक रोगको लागि विमांक बापतको रकम पाउने व्यवस्था रहेको छ । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update