Kakhara सबैको खबर सम्पूर्ण खबर
मुख्यमन्त्री कप क्रिकेटको उपाधिका लागि रुकुम पश्चिम र सुर्खेत भिड्ने 

सुर्खेतमा जारी मुख्यमन्त्री कप टी–२० क्रिकेटको उपाधिका लागि सुर्खेत र रुकुम पश्चिम भिड्ने भएका छन् । बिहीबारको हुने भनिएको सुर्खेत र कालिकोट बिचको दोस्रो सेमिफाइनल खेल वर्षाका कारण खेल रद्द भएपछि सुर्खेत समूह विजेताका रूपमा फाइनल प्रवेश गरेको हो । सुर्खेत समूह बि को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने रुकुम कालिकोट समूह ए को उप विजेताका रूपमा सेमिफाइनल पुगेको थियो ।

वर्षाले खेल हुन नसकेपछि सुर्खेतले फाइनलमा रुकुम पश्चिमसँगको भेट पक्का गरेको हो भने कालिकोट बाहिरिएको हो । यसअघि बिहीबार नै भएको पहिलो सेमिफाइनलमा सल्यानलाई २ विकेटले पराजित गर्दै रुकुम पश्चिम प्रतियोगिताको फाइनलमा पुगिसकेको थियो । फाइनल खेल भोली हुने छ । यदि भोली पानी परेर खेल हुने अवस्था नभएमा पर्सिका लागि रिजर्भ डे राखिएको आयोजक कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सचिव श्रीधर केसीले जानकारी दिनुभयो । 

कर्णाली प्रदेशमै आयोजना हुन लागेको १० औँ राष्ट्रिय खेलकुदको तयारी स्वरूप प्रतियोगिता आयोजना गरिएको आयोजक कर्णाली प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । यस प्रतियोगिताको विजेताले १ लाख १ हजार नगद र ट्रफि पुरस्कार पाउँदा उप विजेताले ५१ हजार पुरस्कार पाउने छ । त्यस्तै विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने आयोजकले जनाएको छ ।   

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update