Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेट १ छिङका टाेपजङ्ग लडेकाे अवस्थामा मृत फेला
मृत फेला परेका टाेपजङ्ग राेकाय ।

रुकुम पश्चिममा एक युवक मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ छिङका ३० वर्षीय टोपजङ्ग रोकाय आज बिहान घर नजिकैको खोल्सामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनको लडेर मृत्यु भएको अनुमान गरिएको छ । मदिरा सेवन गरेको र त्यसपछि लडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

उनको टाउकोमा चाेट लागेको बताइएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेको शव गृहमा राखिएको छ । घटनाको अनुसन्धान चलिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update