Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका प्रअहरूसँग सिकाई उपलब्धि सम्बन्धी अन्तरक्रिया 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका भित्रका माध्यमिक र आधारभूत तहका प्रधानाध्यापकहरूलाई कक्षा ८ को नतिजा विश्लेषण र सिकाई उपलब्धि मापनका बारेमा सहजिकरण गरिएको छ । कक्षा ८ को उत्तीर्ण दर विश्लेषण, सिकाई मापन गर्ने तरिका लगायतका बारेमा सहजिकरण गरिएको हो । 

विद्यार्थी सिकाई उपलब्धि कार्यक्रम अन्तर्गत सामाजिक विकास कार्यालय रुकुम पश्चिमले कार्यक्रमको आयोजना गरेको हो । कक्षा ८ को परीक्षा पालिका स्तरीय हुने भएकोले त्यसलाई स्तरिकृत गर्ने समेत लक्ष रहेकामा यसबारेमा सहजिकरण गर्न कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख ध्रुवकुमार बाँठा मगरले जानकारी दिनुभयो । 

कार्यक्रममा मुसिकोट नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी मावि र आविका २४ जना प्रअहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्राविधिक सहायक डायमन्ड पुन, मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक टेकबहादुर ओली र त्रिभुवन जनता माविका अङ्ग्रेजी शिक्षक शेरबहादुर खड्काले गर्नुभएको थियो । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update