Kakhara सबैको खबर सम्पूर्ण खबर
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयद्वारा विभिन्न आयोजनाको अनुगमन
अनुगमन टाेली ।

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वले विभिन्न चार वटा आयोजनाको संयुक्त रूपमा अनुगमन गरेको छ । सोमबार कार्यालय मातहत सञ्चालन भएका आयोजनाको अनुगमन गरिएको हो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न वडामा सञ्चालनमा रहेका योजनाको अनुगमन गरिएको छ ।

वडा नम्बर ६ मा रहेको लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम अन्तर्गत कुखुरा पालन र वडा नम्बर १३ मा रहेको ओख्मा वाली विशेष सघन व्यावसायिक कृषि कार्यक्रम अन्तर्गत उच्च घनत्व स्याउ खेती र भकारो सुधार तथा कम्पोष्टिङ आयोजनाको अनुगमन गरिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पीताम्बर बस्नेतले जानकारी दिनुभयो ।

यस्तै उहाँका अनुसार वडा नम्बर ११ को माथिल्लो सेरामा रहेको वाली विशेष सघन व्यावसायिक कृषि विकास कार्यक्रम अन्तर्गत भेडा पालन लगायत आयोजनाको अनुगमन गरिएको हो । पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुणिराज घर्ती, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत समीर गिरी, गाउँपालिका विभिन्न शाखामा आबद्ध कर्मचारी, पत्रकार लगायतको टोली अनुगमन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update