Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ११ मा एक गाउँ पहिरोको उच्च जोखिममा
गाउँ मुनिबाट खसिरहेकाे पहिराेका कारण जाेखिमयुक्त गाउँ ।

अविरल वर्षाका कारण पहिरो जाँदा रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ नम्बर वडाको एक गाउँ नै उच्च जोखिममा परेको छ । बिहीबार राती देखि लगातार परिरहेको झरीका कारण वडाको रिठाबोटको बस्ती नै उच्च जोखिममा परेको हो । 

गाउँ मुनिबाट निरन्तर झरिरहेको पहिराका कारण स्थानीय कर्णबहादुर खत्री, वीरबहादुर खत्री, दलबहादुर खत्री, तेजबहादुर खत्री र रामबहादुर खत्रीको घर पहिरोको उच्च जोखिममा रहेको स्थानीय विनोद केसीले जानकारी दिनुभयो । 

वर्षा नरोकिएको र पहिरो झरिरहेका कारण गाउँ नै त्रसित रहेको उहाँले बताउनुभयो । उक्त परिवार जोखिम मोलेर घरमै बसिरहेका छन् । त्यस्तै स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगेर पहिरोको अनुगमन समेत गरेको छ । 

पहिरोबाट कति क्षति भयो भन्ने यकिन विवरण भने आइ नसकेको वडा सचिव धनकुमार शाहीले जानकारी दिनुभयो ।

5a839f96-5c4d-4896-9a01-5aae3137645a-1720231293.jpeg

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update