सिस्नेमा हावाहुरीले मैकमा क्षति

निरन्तरको वर्षा सँगै आएको हावाले रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ को सिस्नेमा लगाइएको मकै बालीमा क्षति गरेको छ। आइतबार साँझ चलेको हावाले आधा दर्जन बस्तीमा लगाइएको मकै बालीमा क्षति गरेको हो ।
वडाको ओख्रेना, पाखापानी, भट्टेचौर, लामपाखा, भंग तीखेजुर, रतुवामारे, र ठुला सिस्ने लगायतका ठाउँमा लगाइएको मकै बालीमा क्षति गरेको वडा सदस्य डबलबहादुर बुढाले जानकारी दिनुभयो। धान चौर गर्ने बेलाको मकै बाली हावाले क्षति गर्दा किसान चिन्तित भएका छन् । केही दिन अघि पनि वर्षा सँगै आएको हावाले सिस्ने ४ को विभिन्न ठाउँमा रोपिएको मकै बालीमा क्षति गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ ०७:१७
प्रतिक्रिया दिनुहोस्