Kakhara सबैको खबर सम्पूर्ण खबर
५६ जनामा परीक्षणमा ७ जना संक्रमित

रुकुम पूर्वमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुकुमकोटमा ५६ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ७ जनामा संक्रमण भएको पुष्टि भएको हो । पुष्टि हुनेमा स्वास्थ्यकर्मी, कर्मचारी, बैंकका कर्मचारी र सर्वसाधारण छन् । संक्रमण पुष्टि भएकामध्यमा २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अरुलाई घर पठाइएको छ ।

समस्या बढ्दै गएपछि आउने भन्दै उनिहरुलाई घर पठाइएको हो । लुम्बिनी प्रदेश सरकारले २ सय एन्टिजेन किट पठाइदिएको थियो । जिल्लामा लक्षण देखिएकाहरुलाई मात्रै परीक्षण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । विरामी भएर लक्षण देखिएकालाई एन्टिजेन परीक्षण गरिने र अरुलाई सुरक्षित व्यवहारमा बस्न भनिएको प्रजिअ राईले बताउनुभयो । 


 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update