Kakhara सबैको खबर सम्पूर्ण खबर
बाढी अपडेट : पुरिएका ३ बालिकाको शव निकालेर नगर अस्पताल ल्याइयो, बेपत्ता एकको खोजि जारी 

रुकुम पश्चिममा सोमबार राती आएको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को बगरमा झिन्चौर खोलाको बाढीले घर बगाउँदा घरमै पुरिएका ३ बालिकाको शव निकालिएको हो । बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० बर्सिया हितमाया पुन, ८ बर्सिया धनिसा पुन र ४ बर्सिया मनीषा सार्कीको शव निकालेर पोस्टमार्टमको लागि आठबीसकोट नगर अस्पताल ल्याएको नगर प्रहरी सहायक निरीक्षक नीरज विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले घर बगाउँदा बेपत्ता हुनुभएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी कार्य भइरहेको छ । उहाँ बसेको घरबाट बाढी आउँदा भागेको र सोही बाढीमा परेर बेपत्ता भएको आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि  डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगर प्रहरी सहायक निरीक्षक विकले जानकारी दिनुभयो । 

बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ बर्सिया मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ बर्सिया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ बर्सिया धनमाया पुन र ६५ बर्सिया कल्पना कामी घाइते हुनुभएको छ । घटनाको पूर्ण विवरण सङ्कलन भइरहेको र  घटना स्थलमा सुरक्षाकर्मी, स्थानीय लगायतले बेपत्ताको खोजी कार्य भइरहेको छ । यस्तै बिच वडा नम्बर ११ को सिमबजारमा पहिरोले २ वटा घर, २ वटा अस्थायी आवास र ४ बढी शौचालय क्षति पुर्‍याएको नगर प्रहरी सहायक निरीक्षक विकले जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update