Kakhara सबैको खबर सम्पूर्ण खबर
खातुम खोला थुनिदा स्थानीय त्रसित
थुनिएपछि रित्तिएकाे खातुम खाेला । फोटोः खुमराज ओलीबाट ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १० र बाँफिकोट गाउँपालिका वडा ७ मग्माको सिमानामा पर्ने  खातुम खोला थुनिएको छ । खोला थुनिएपछि स्थानीय त्रसित भएका छन् । सोमबार साँझको निरन्तर वर्षाका कारण बाँफिकोट ७ मग्गा साइटबाट झरेको पहिरोले खोला थुनिएको हो । खातुम खोला थुनिएको खबर स्थानीय दीपा केसीले जानकारी बनाएपछि त्यहाँको अवस्था बारे अन्य स्थानीयहरूसँग पनि जानकारी लिइरहेको अध्यक्ष गणेशकुमार शाहले जानकारी दिनुभयो ।

 
‘‘स्थानीय दीपा केसीले खातुम खोलामा पहिरोले खोला थुनिएको खबर गर्नुभएको थियो । म बाढीले मान्छे बगाएको घटनास्थल वडा नम्बर १२ को झिनचौरमा छु, यस बारेमा थप जानकारी लिँदै छु वडा अध्यक्ष शाहले भन्नुभयो । खोला थुनिएको खबर प्राप्त भएपछि त्यहाँका अन्य स्थानीयलाई थप जानकारी लिइरहेको र सचेत हुन आग्रह गरिएको वडा अध्यक्ष शाहले जानकारी दिनुभयो ।

खोला लामो  समयसम्म थुनिएमा वडा नम्बर १० सँगै वडा नम्बर ११ को सिमबजारलाई ठुलो क्षति हुन सक्ने वडा अध्यक्ष शाहले जानकारी दिनुभयो ।                  

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update