
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ का एक व्यक्तिलाई खोलाले बगाउँदा मृत्यु भएको छ । वडा नम्बर १२ सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई बिहीबार बिहान खोलाले बगाउँदा मृत्यु भएको हो । काफलचौर खोला तर्ने क्रममा पुनलाई खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुनलाई खोलाले बगाएर २०/२५ मिटर तल पुर्याएको र ढुङ्गा माटोले पुरिएको अवस्थामा शव फेला परेको हो । शवलाई निकालेर पोस्टमार्टमको लागि नगर अस्पताल लगिएको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१ १२:५७
प्रतिक्रिया दिनुहोस्