Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी २ मा बाल अधिकार सम्बन्धी अभिमुखीकरण  

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाकाे वडा नम्बर २ मा यौन दुर्व्यवहार, बालश्रम र मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । युनिसेफको आर्थिक सहयोग र सोसेक नेपालको सहजीकरणमा वडाको रुकुमेगाउँमा कार्यक्रम सञ्चालन भएको हो ।

वडाध्यक्ष वीरबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा बाल संरक्षण के हो, यसमा के के पर्दछन्, बाल अधिकार, बाल शोषण, बालश्रम, यसले बालबालिकामा पर्ने असर, बाल यौन दुर्व्यवहार, यसले बालबालिकामा पर्ने असर, यसबाट बच्ने तरिका लगायतका बारेमा छलफल भएको थियो । कार्यक्रमको सहजीकरण सोसेक नेपालका कार्यक्रम अधिकृत मिना शाही र मनोविमर्शकर्ता पार्वती विसीले गर्नुभएको थियो । सोकेक नेपालले भूकम्प प्रभावित क्षेत्रहरूमा विभिन्न काम गरिरहेको छ ।   

7a5347c1-c9c8-4d70-afe4-97ed74da6335-1721293650.jpeg

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update