Kakhara सबैको खबर सम्पूर्ण खबर
छिवाङ स्वास्थ्य चौकीलाई दुई लाख बढीको स्वास्थ्य सामग्री  सहयोग
कार्यकारी निर्देशक ओली मुसीकोट नगर प्रमुख महेन्द्र केसीलाई सामग्री हस्तातरण गर्दै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ छिवाङमा रहेको छिवाङ स्वास्थ्य चौकीलाई वर्थिङ सेन्टरका लागि आवश्यक पर्ने उपकरण सहयोग गरिएको छ । वान हार्ट वर्ल्डवाइड र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा स्वास्थ्य चौकी छिवाङलाई वर्थिङ सेन्टरमा आवश्यक पर्ने उपकरण सहयोग गरिएको हो ।

वान हार्ट वर्ल्डवाइड र रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालित ‘‘स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण’’ परियोजनाबाट छिवाङ स्वास्थ्य चौकीलाई आवश्यक उपकरण सहयोग गरिएको रुकमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो ।

बिहिबार एक कार्यक्रमका बिच कार्यकारी निर्देशक ओलीले मुसिकोट नगर प्रमुख महेन्द्र केसीलाई वर्थिङ सेन्टरमा आवश्यक पर्ने उपकरण हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सेवाको न्यूनतम सेवा मापदण्ड पश्चात् स्वास्थ्य चौकीलाई आवश्यक पर्ने सामग्रीको पहिचान गरी डेलिभरी बेड, रेडियंक वार्मर, इमरजेन्सी मेडिसिन ट्रली, सेट डेलिभरी, स्ट्रेचर, पेरिलाइट लगायतका अन्य उपकरण सहयोग गरिएको  उहाँले जानकारी दिनुभयो ।

सेवा प्रदान गर्न सहज होस भन्ने उद्देश्यले छिवाङ स्वास्थ्य चौकीलाई २ लाख ८ हजार ७८ रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक आलीले जानकारी दिनुभयो । परियाेजना मार्फत जिल्लाका विभिन्न  स्वास्थ्य चौकीहरूमा उपकरण सहयोग भइरहेकाे छ । ​

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update