Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका मेयर केसीद्वारा एक छात्रालाई विद्यालय पोसाक सहयोग 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले व्यक्तिगत खर्चमा एक छात्रालाई विद्यालय पोसाक सहयोग गर्नुभएको छ । उहाँले वडा नम्बर ५ को यमुना नन्द नमुना माविमा कक्षा ७ मा अध्ययनरत प्रमिसा केसीलाई विद्यालय पोसाक एक सेट, जुत्ता र मोजा दुई सेट प्रदान गर्नुभएको हो ।

नगर प्रमुख केसीले गरिब तथा जेहनदार छात्रालाई सहयोग गरेको विद्यालयका सहायक प्रधानाध्यापक गणेश केसीले जानकारी दिनुभयो । सोमबार नगर प्रमुखले आफ्नै कार्यकक्षमा बोलाएर पोसाक हस्तान्तरण गरेको उहाँले बताउनुभयो । 

उक्त कार्यक्रममा २ नम्बर वडा अध्यक्ष दिनेश खड्का, विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी गणेश केसी, शिक्षक गोपाल केसी साथै सहयोग पाउने छात्राका बुवा मोहनलाल केसीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update