Kakhara सबैको खबर सम्पूर्ण खबर
आफ्नै घरभित्र एक महिला मृत फेला, हत्याको आशंका 
फाइल फोटो ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ लामाचौरकी ४५ बर्सिया सुशीला मल्ल मृत फेला परेकी छिन् । उनी बुधवार आफ्नै घर भित्र मृत फेला परेको प्रहरीले जनाएको छ । मल्लको गहना लुटेर हत्या गरिएको आशङ्का गरिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय आठविसकोट, प्रहरी चौकी चाईनाबगर र सिम्लीबाट प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको  थप अनुसन्धानको लागि कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको टोली आइरहेको छ। केही बेरमा तालिम प्राप्त कुकुर सहितको टोली घटना स्थलमा पुग्ने उहाँको भनाई छ । घटना रहस्यमय रहेको र अनुसन्धान कार्य सुरु गरिएको डिएसपी पाेखरेलले बताउनुभयाे ।  

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update