Kakhara सबैको खबर सम्पूर्ण खबर
सरस्वती आविको  भौतिक संरचना निर्माण तथा शैक्षिक सुधार गर्न २५ लाख रुपैयाँ संकलन 
फाइल फोटो ।

रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग संकलन अभियान थालिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १० डाडाँखालीमा रहेको सरस्वती आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग संकलन अभियान थालिएको हो । विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरिय शिक्षा प्रदानको लागि भनेर थालिएको सहयोग संकलन अभियानबाट  हालसम्म २५ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको सहयोग अभियान संकलनकर्ता टिकाराम पुनले जानकारी दिनुभयो ।

 उहाँका अनुसार देश तथा विदेशमा रहनुभएका २ सय ४३ जना नेपालीबाट उक्त रकम संकलन भएको हो । विद्यालयको भौतिक संरचना तथा विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालयलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहज होस् भन्ने उदेश्यले सहयोग संकलन अभियान थालिएको पुनले जानकारी दिनुभयो । संकलन भएको रकम केहि दिनमा विद्यालयलाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभयो ।

आठबिसकोट  नगरपालिका १० फलाटे निवासी पुन अहिले रोजगारिको सिलसिलामा अमेरिका बस्दै आउनुभएको छ । गत कार्तिक १७ गते गएको भूकम्पले विद्यालय भवन क्षती पुर्याएको र पठनपाठनमा समस्या भइहेका बेला विद्यालयको भौतिक संरचना निर्माण तथा शिक्षा सुधारको निम्ति सहयोग संकलन गर्नु निकै सह्ररानिय काम भएको  विद्यालयले जनाएको छ ।

सरकारी निकायले समेत विद्यालयको भौतिक संरचना निर्माणमा नजर नपुगेका बेला रकम संकलन गरी विद्यालयको निम्ति सहयोग संकलन गरेकोमा  विद्यालय परिवारले खुसि व्यक्त गरेको छ । संकलन भएको रकमबाट विद्यालयको बालमैत्री वातावरण निर्माण, शुद्ध पिउने पानीको व्यवस्थापन, खेलकुद मैदानको निर्माण, इन्टरनेट तथा कम्प्युटर कक्षाको स्थापना, गुणस्तरीय खाजा घरको निर्माण र बालमैत्री पठनपाठन प्रणालीको विकास गरिने विद्यालयले जननाएको छ । हाल सरस्वती आधारभूत विद्यालयमा बालशिक्षा देखि कक्षा ५ सम्म पठपपाठन सञ्चालन भइरहेको छ । 0cad5ff6-88a6-400a-8d82-08e34a466509-1723290616.jpeg

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update