Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदिनको अवसरमा  परियारद्धारा  विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान 

सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ७ सानागाडाकोटमा रहेको भुवनेस्वरी आधारभूत विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई शैशिक सामग्री प्रदान गरिएको छ । सोही ठाउँकै भरत संगम परियारले आफ्नो जन्मदिनको अवसरमा गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो । आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा खर्च गर्ने उदेश्यले आफुले पढेको विद्यालयमा शैशिक सामग्री प्रदान गरिएको परियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालविकासमा अध्यनरत १७ बालबालिका र कक्षा १ देखि ८ सम्मका २४ जना विद्यार्थीलाई  शैक्षिक सामग्री वितरण गरिएको हो । बालविकासका प्रत्येक बालबालिकालाई एक वटा कलम र एक एक वटाका दरले कपी वितरण गरिएको छ । त्यस्तै कक्षा १ देखि ८ सम्मका विद्यालयले छनोट गरेका  गरिव तथा जेहन्दार २४ जना विद्यार्थीलाई ३ वटा कलम र ३ वटाका दरले कपी वितरण गरिएको परियारले जानकारी दिनुभयो । विद्यालयले थालेको  पुस्तकालय निर्माणमा सहयोग पुगोस भनेर १ हजार ५ रुपैयाँ पनि सहयोग गरिएको परियारले जानकारी दिनुभयो ।

जन्मदिन शनिवार परेपनि विद्यालय बन्द भएकाले जन्म दिनको अवसरमा आइतबार शैक्षिक सामग्री वितरण गरिएको उहाँका भनाई छ । आफुले पढेको विद्यालयलाई सम्झेर विद्यार्थीहरुलाई शैशिक सामग्री  सहयोग गरेकोमा भुनेस्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमलाकुमारी केसी ओलीले खुसी व्यक्त गर्नुभयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रमा भरत संगमको वुवा धनिबहादुर नेपाली, ७ नम्बर वडा सदस्य युवती परियार, शिक्षक, विद्यर्थीको सहभागिता रहेको थियो । परियार व्यवसायको सिलसिलामा केही वर्षदेखि रुकुम पश्चिमको  मुसिकोट खलंगामा बस्दै आउनुभएको छ । WhatsApp-Image-2024-08-11-at-15.44.06_a469dfc9-1723375840.jpg

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update