Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी र ठुलीभेरी नदिमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह 
फाइल फाेटाे ।

लगातारको वर्षाका कारण ठुलीभेरी र सानीभेरी नदिको सतह बढेको छ । ठुलीभेरी र सानीभेरी नदिको सहत बढेसँगै तटिय क्षेत्र आसपासमा बसोबास गर्ने व्यक्तिहरुलाई सर्तकता अपनाउन आग्रह गरिएको छ । ठुलीभेरी र सानीभेरी नदिको सतह बढेसँगै रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका तटिय क्षेत्र आसपासका बस्तिहरु उच्च जोखिममा परेको बताएको छ ।

पछिल्लो केहि दिन यता निरन्तर वर्षाका कारण सानीभेरी नदिको बहाव बढेकाले नदि क्षेत्र आसपासमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार नदिको बहाव  बढेकाले नदि आसपासका स्थानीयलाई माछा मार्ने, काठ संकलन गर्ने जस्ता क्रियाकलाप नगर्न पनि आग्रह गरिएको छ । 

त्यस्तै आठबिसकोट नगर प्रमुख रवि केसीले पनि नदिमा पानीको बहाव बढेकाले आसपासमा रहेका बस्ति तथा स्थानीयलाई सतर्कता रहन आग्रह गरिएको बताउनुभयो । अविरल वर्षाका कारण बाढी मापन केन्द्र गज रिडरमा ठुलिभेरी तथा सानीभेरी नदिमा सतह बढेको देखिएको  जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । नदिको तटिय क्षेत्र आसपासका बस्तीहरु विपतको उच्च जोखिममा रहेकाले सो क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । सशिबार देखि रुकुम पश्चिममा लगातार पानी परिरहेकाले  जिल्लाबासीलाई बाढी र पहिरोबाट हुनसक्ने क्षतीबाट बच्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update