Kakhara सबैको खबर सम्पूर्ण खबर
मध्यपहाडी लोकमार्गको खरखरेमा झरेको सुख्खा पहिरो हटाएसँगै अबरुद्ध सडक सुचारू
खरखरेमा झरेको सुख्खा पहिरो हटाउँदै मुसिकोट नगरपालिका ।

मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर  ३ खरखरेमा झरेको सुख्खा पहिरो हटाएको छ । सोमबार राति खरखरेमा झरेको पहिरो  मुसीकोट नगरपालिकाले हटाएको हो । दुई ठाउँमा झरेको सुख्खा पहिरो मुसिकोट नगरपालिकाको डोजर प्रयोग गरेर  हटाएसँगै अबरुद्ध सडक सन्चालनमा आएको मुसीकोट नगर प्रहरी प्रमुख सहायक निरीक्षक उमेश  केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुख्खा पहिरो पन्छाएसँगै मध्यपहाडी राजमार्गको खरखरे सडक खण्ड  हुँदै जिल्ला सदरमुकाम खलंगा आउने तथा खलंगा हुँदै सिम्ली, चौरजहारी हुँदै सुर्खेत जाने सवारी साधन आवतजावत हुन थालेका छन । मध्यपहाडी राजमार्गको विभिन्न ठाउँमा पहिरो झर्दा सवारी साधन तथा यात्रुले सास्ती पाउने गरेका छन ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update