Kakhara सबैको खबर सम्पूर्ण खबर
न्यौपानेद्धारा जन्मदिनको अवसरमा विपन्न बालबालिकालाई खाद्यान्न सहयोग 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का विपन्न तथा टुहुरा बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको छ । जन्मदिनको अवसरमा काठमाडौँ टोखा निबासी सारदा न्यौपानेले विपन्न तथा टुहुरा बालबालिकाहरुलाई खाद्यान्न सहयोग गर्नुभएको हो । बागलुङ स्थायी घर भइ काठमाडौँ टोखा बस्दै आउनुभएकी न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा वडामा रहेका विपन्न तथा टुहुरा बालबालिकाहरुकोे लागि ३३ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको वडा अध्यक्ष हरिबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्यौपाने सहयोग गरेको खाद्यान्न बुधबार वडामा एक कार्यक्रमको आयोजना गरी बालबालिकाहरुलाई वितरण गरिएको छ । वडामा रहेका ११ जना विपन्न तथा टुहरा बालबालिकालाई खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो । प्रत्येक बालबालिकालई एक बोरा चामल, ३ किलो दाल, १ लिटर तेल, १ किलो नुन र १ पोका विष्टकुट वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

वडाले जन्मदिनको अवसरमा खाद्यान्न वितरण गर्ने न्यौपानेलाई जन्मदिनको शुभकामना तथा धन्यवाद समेत ज्ञापन गरेको छ । न्यौपाने लायन्स अन्र्तराष्ट्रिय डिष्टिक ३ सय ३५ आई  कलस्टर १२ का प्रमुख तथा लायन्स अफ काडमाडौँ ताकेश्वरको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update