Kakhara सबैको खबर सम्पूर्ण खबर
स्ववियु र विद्यार्थीबिच छलफल 

रुकुम पश्चिमको मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थीहरूबिच छलफल भएको छ । क्याम्पसमा विद्यमान समस्या र तिनको हल कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । 

स्ववियुले उपस्थित सम्पूर्ण विद्यार्थीहरूका गुनासो र सुझाव सङ्कलन गरेको थियो भने त्यसमा स्ववियु सभापति रमेश लामिछानेले स्पष्ट पार्नुभएको थियो । छलफलका क्रममा विद्यार्थीहरुबाट आएका गुनासा र सुझाव क्याम्पस प्रशासनसम्म पुर्‍याई समाधानका लागि पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

स्ववियु सभापति लामिछानेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा क्याम्पसमा विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नरेन्द्र खड्काले गर्नुभएको थियो । स्ववियले विद्यार्थीका समस्या हल गर्ने देखि शैक्षिक गुणस्तर बढाउनका लागि काम गरिरहेको सभापति लामिछानेको भनाई छ । 

जसअन्तर्गत क्याम्पसमा आधुनिक फर्निचरको माग गर्नुका साथै छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याड वितरण, निःशुल्क नोट फोटोकपीको व्यवस्था लगायतका काम स्ववियुले गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि विद्यार्थीहरूले स्ववियुलाई धन्यवाद समेत दिएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update