Kakhara सबैको खबर सम्पूर्ण खबर
बाढीमा परेर  मृत्यु तथा बेपत्ता भएका परिवारलाई राहत  उपलब्ध

रुकुम पश्चिममा बाढीबाट मृत्यु तथा बेपत्ता भएका परिवारलाई राहत उपलब्ध बनाएको छ । मृतक तथा बेपत्ता भएका परिवारका हकवालाई विपत पीडित उद्धार राहत उपलब्ध बनाएको हो । गत साउन १ गते आठविसकोट नगरपालिका वडा नम्बर १२ को झिनचौरमा बाढीको कारण मृत्यु भएका ३ जना, बेपत्ता भएका १ जना र बाढीकै कारण मृत्यु भएका १ जना व्यक्ति गरी  ५ जना व्यक्तिका आफ्न्तलाई विपत पीडित उद्दार राहत सम्बन्धी (सातौं संशोधन) मापदण्ड २०७७ बमोजिम राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मृतक तथा बेपत्ता भएका परिवारका हकवालाको बैंक खातामा २ लाख रुपैयाँका दरले ९ लाख रुपैयाँ जिल्ला विपत व्यवस्थापन कोषबाट पठाएको छ । एकैघरका दुई जना भएकालाई भने २ लाखमा थप १ लाख गरेर ३ लाख रुपैयाँ प्रदान गरिएको उहाँले जानाकारी दिनुभयो ।

गत साउन १ गते झिनचौरखोला, डावखोला र तातोपानी खोलामा आएको बाढीले झिनचौर स्थित बगरमा अस्थायी आवासमा बसेका आठबिसकोट नगरपालिका १२ की ८ वर्षिया धनिषा पुन, १० वर्षिया हितमाया पुन र वडा नम्बर ९  की ४ मनिषा सार्कीको  पुरिएर मृत्यु भएको थियो । भने वडा नम्बर १२ कै ३७ वर्षिय डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको थियो । बेपत्ता बुढाथोकीको शव हालसम्म फेला पर्न सकेको छैन् । त्यस्तै सोही वडाकै चन्द्रबहादुर बुढालाई पनि  बाढीले बगाउँदा मृत्यु भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update