डिभिजन वन प्रमुख परियारलाई निजामती सेवा पुरस्कार

डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कायममुकायम डिभिजनल वन अधिकृत शेरबहादुर परियार पुरस्कृत हुनुभएको छ । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा परियार प्रदेश निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा उहाँलाई मङ्गलवार पुरस्कृत गरिएको हो ।
कर्णाली प्रदेश सरकारको निजामती सेवामा रही पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन तथा कदर गर्दै कर्णाली प्रदेश सरकारले तपाईँलाई आर्थिक वर्ष २०८०/०८१ को प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरेको छ, परियारलाई प्रदान गरिएको प्रमाण पत्रमा भनिएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशले विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कृत गरेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ १९:४६
प्रतिक्रिया दिनुहोस्