Kakhara सबैको खबर सम्पूर्ण खबर
गौतम मध्यपश्चिम विश्वविद्यालय सभाको सदस्यमा मनोनित 

रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसका प्रमुख बुद्धिप्रसाद गौतम मध्यपश्चिम विश्वविद्यालय सभाको सदस्यमा मनोनित हुनुभएको छ । 

प्रधानमन्त्री तथा मध्यपश्चिम विश्वविद्यालयका कुलपतिले गौतमलाई विश्वविद्यालय सभा सदस्यमा मनोनित गर्नुभएको हो । 

उहाँलाई मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले सदस्यका लागि सिफारिस गरेको थियो । सदस्यको कार्यकाल तीन वर्षको रहने छ । 

विश्वविद्यालय सदस्यमा मनोनित भएकोमा मुसिकोट खलंगा बहुमुखी क्याम्पसले बधाई तथा सफलताको शुभकामना व्यक्त गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update