Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्पले क्षती पुर्याएको घर भत्किदा २२ वटा बाख्रा मरे
धितालको घर भत्किदा मरेका बाख्रा ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० बयाल्यामा बरुण धितालको घर भत्किदा २२ वटा बाख्रा मरेका छन् ।  गएराति धितालको घर भत्किदा घरमा रहेका २२ वटा बाख्रा पुरिएर मरेका हृन् । घरमा रहेका ३ वटा बाख्रा भने घाइते अवस्थामा रहेको वडा अध्यक्ष हरिबहादुर चन्दले जानकारी दिनुभयो । 

उहाँका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्र विन्दू बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो । सोही  घर भत्किदा बाख्रा मरेका हुन् । घरमा रहेका अन्तपात र भाडावर्तनमा पनि क्षेती पुगेको वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो । घरपरिवार अस्थायी आवास(टहरो) मा बसेकाले मानवीय क्षती भने भएको छैन् ।  प्रहरी मूचुल्का  हुन बाँकी रहेकाले अन्य क्षतीको विवरण त्यस पश्चात पत्ता लाग्ने वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update