Kakhara सबैको खबर सम्पूर्ण खबर
काँडादहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न प्रतिनिधि सभा सदस्य प्रभाकरलाई पत्र

श्रीमान् माननीय सांसद जनार्दन शर्मा 'प्रभाकर' ज्यू,

विषय: काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धमा्

म यहाँ आ.न.पा. वडा नं.-०२ पाहाडा रुकुम पश्चिम जिल्ला निवासी हरि बहादुर यरी, काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न अनुरोध गर्दै यो निवेदन पेस गर्दछु ।

यो पटकको पाँच पूर्णिमा मेलाको अवसरमा काँडा दहको प्राकृतिक सौन्दर्य र स्थानीय युवाहरूको योगदानले उक्त स्थलमा विभिन्न सरसफाइ तथा सजावटका कामहरू गरिएको छ। देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदी बहिनीहरूको सानो आर्थिक सहयोगले यस काँडा दहलाई काठमाडौँबाट ध्वजा पताका ल्याएर सिँगारेका छौँ । त्यसपछि हामीले यहाँ आएर टिकटक भिडियो बनाउनेलाई रु. ५००० पुरस्कार दिने भिजन तयार गरेका थियौँ । त्यसैले प्रत्यक्ष पर्यटकको सङ्ख्या लगभग ५ हजारको हाराहारीमा र सामाजिक सञ्जालमा टिकटक लगायतका माध्यमबाट काँडा दहको भिडियोले २५ लाख भन्दा बढी दर्शकको ध्यान तानिसकेको छ । यसले यो क्षेत्रको पर्यटन विकासको अपार सम्भावना रहेको पुष्टि गरेको छ ।

काँडा दहको संरक्षण तथा प्रचारप्रसार गर्न निम्न बुँदामा सरकारी ध्यानाकर्षण आवश्यक छ:
१. काँडा दहलाई आधिकारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा ।
२. यातायात र पूर्वाधार निर्माणमा सरकारी लगानीको व्यवस्था ।
३. पर्यटकका लागि आवश्यक पूर्वाधार (वाटर ट्याङ्की, बास स्थान, शौचालय आदि) को निर्माण ।
४. यस क्षेत्रको सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरू ।

यस क्षेत्रको विकासले न केवल स्थानीय युवालाई रोजगारीको अवसर उपलब्ध गराउँछ, बरु नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिएको छु ।

अतः, माननीय सांसद जनार्दन शर्मा 'प्रभाकर' ज्यू समक्ष काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न जोडदार अनुरोध गर्दछु । धन्यवाद !

नाम: हरि बहादुर यरी
ठेगाना:आ.न.पा. वडा नं.-०२ पाहाडा रुकुम पश्चिम

kada-daha-(2)-1734700390.jpg

kada-daha-(1)-1734700390.jpg

kada-daha-khadi-1734700443.jpg

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update