
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । सोमबार राती साढे १० बजेतिर सल्लेबाट खलंगा तर्फ आइरहेको रा १ त २९२० नम्बरको ट्याक्टर पशु अस्पताल तथा पशु सेवा कार्यालय जाने बाटो नजिकैको मोडमा अनियन्त्रित भई सडकबाट तल खेतमा खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा परी ट्याक्टर चालक मुसिकोट नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय मोहन पुन घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
चालकको टाउको, अनुहार र दुवै हातमा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । मध्यम स्वास्थ्य अवस्था भएका पुनको जिल्ला अस्पताल सल्लेमा उपचार चलिरहेको प्रहरी निरीक्षक पाठकले जानकारी गराउनुभयो ।