
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको नीति तथा कार्यक्रम नगर सभामा पेस भइरहेको छ । गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले १८ औँ गाउँ सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम पेस गरिरहनुभएको छ । आगामी वर्षको बजेट समेत आजै गाउँ सभामा पेस हुने छ ।
नीति तथा कार्यक्रम पश्चात् गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले आगामी वर्षको अनुमानित बजेट गाउँ सभामा पेस गर्ने कार्यसूची रहेको छ । पालिकाहरूले असार १० गते सम्म नीति तथा बजेट गाउँ तथा नगर सभामा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ १३:५९
प्रतिक्रिया दिनुहोस्