Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई नतिजा: रुकुम पश्चिमको नतिजा झन्डै ११ प्रतिशतले सुधार

रुकुम पश्चिमको एसइईको नतिजामा सुधार आएको छ । गत वर्षको तुलनामा यो वर्ष झन्डै ११ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्षको एसइईमा ६४.२१ प्रतिशत विद्यार्थी ग्रेडेड भएकामा यो वर्ष नतिजामा १०.७४ प्रतिशतले वृद्धि भएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुनका अनुसार यो वर्षको एसइईमा ७४.९५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । साधारण र प्राविधिक धार तर्फ गरी यो नतिजा प्राप्त भएको शिक्षा प्रमुख पुनले जानकारी दिनुभयो ।

साधारण तर्फको ग्रेडेड प्रतिशत ७४.५७ प्रतिशत रहेको छ भने प्राविधिक धार तर्फ ८६.७९ प्रतिशत रहेको छ । गत वर्ष ३ हजार ५ सय ६६ जना परीक्षार्थी परीक्षामा सहभागी भएकामा २ हजार ९ सय ९० जना अर्थात् ६४.२१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update