Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई परीक्षा: रुकुम पश्चिममा न्यु मुन लाइट बाेर्डिङ पहिलो 

माध्यमिक शिक्षा परीक्षा एसइईमा रुकुम पश्चिममा न्यु मुन लाइट बोर्डिङ स्कुल मुसिकोट ५ शेरिगाउँ पहिलो भएको छ । ३.६१ माथिको जिपिएमा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण बनाउँदै न्यु मुन लाइट नतिजाका आधारमा पहिलो भएको हो । 

न्यु मुन लाइटका १९ जना विद्यार्थीले जिपिए ३.६१ देखिको जिपिए प्राप्त गरेका छन् । त्रिभुवन जनता मावि खलङ्गा दोस्रो भएको छ । यो विद्यालयका १० जना विद्यार्थीले ३.६१ भन्दा माथिको जिपिए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ । 

समग्रमा ११ जनाले ३.६१ भन्दा माथिको जिपिए ल्याए पनि शीतल मावि भने पछि छ । उक्त विद्यालयबाट खुला, प्राविधिक तथा साधारण तर्फ विद्यार्थी परीक्षामा सामेल भएको तर अन्य विद्यालयमा साधारण तर्फ मात्र विद्यार्थी एसइईमा सामेल भएको इकाई प्रमुख ताराप्रकाश पुनले बताउनुभयो ।

३.६१ जिपिए भन्दा माथिको जिपिए प्राप्त गर्ने अन्य विद्यालयहरूमा हिमालय मावि खोलागाउँ र राप्ती ज्ञानोदय माविका ६–६ जना, बाल कल्याण मावि सोलाबाङ, यमुना नन्द नमुना मावि शेरिगाउँ र हिमालय मावि आठबिसकोट खदीका ४–४ जना विद्यार्थी रहेका इकाई प्रमुख पुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार विजयश्वरी बाेर्डिङ स्कुल खलंगा, वीरेन्द्र मावि बाँफिकोट, जनकल्याण मावि जोगिनेटा र महेन्द्र मावि चौताराका ३–३ जना विद्यार्थीले ३.६१ भन्दा माथिको जिपिए प्राप्त गरेका छन् । 

त्यस्तै सरस्वती मावि सल्लेका २ जना र त्रिवेणी मावि सिम्रुत, सिद्धार्थ मावि मग्मा, हिमालय मावि नुवाकोट त्रिवेणी, दिपज्योति मावि आठबिसकोट राडि र बाल कल्याण मावि झुल्खेतका १–१ जना विद्यार्थीले पनि ३.६१ भन्दा माथिको जिपिए प्राप्त गरेका छन् । 

साधारण तर्फ १ सय ५ र प्राविधिक धार तर्फ १ जनाले ३.६१ भन्दा माथिको जिपिए प्राप्त गरेको र हालसम्म ८० जना विद्यार्थी कुन विद्यालयको भनेर पत्ता लागेको र अन्य विद्यार्थी कुन विद्यालयको भनेर पहिचानको काम भइरहेको इकाई प्रमुख पुनले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update