
बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै दुर्घटना भएको छ । बराइजिउलामा भे १ ख ३९९४ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेहरूमा सल्यानको कुमाख गाउँपालिका ४ का २८ वर्षीय चालक पारस आचार्य, सोही स्थानका ३६ वर्षीय भूपेन्द्र बस्नेत, ६३ वर्षीय टिकाराम आचार्य, ३५ बर्सिया निर्मला बुढाथोकी, १० बर्सिया जेनिशा बुढाथोकी रहनुभएको छ
त्यस्तै ७ वर्षीय महेन्द्र बस्नेत, ६२ वर्षीय कलिभान टमाटा, २३ वर्षीय भुवन लामिछाने, ३२ बर्सिया दिपा बुढाथोकी, उहाँको ६ बर्सिया छोरी कोपिला बुढाथोकी, १६ वर्षीय इन्द्र रावत र २६ वर्षीय डोले बस्नेत, रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ कि ८४ बर्सिया चन्द्री विष्ट, ३१ बर्सिया कुन्ता विष्ट र सुर्खेतको भेरीगंगा नगरपालिका ९ कि ३१ बर्सिया तुलसा सुनार घाइते भएको जिला प्रहरी सल्यानले नजाएको छ ।
घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा घाइते मध्य १४ जनालाई उपचारको लागि नेपालगन्ज पठाइको र एक जनालाई चौरजहारी अस्पताल ल्याइएको छ ।
आज दिउँसो गाडी माथिल्लो घुम्तीबाट ५० मिटर खसेर तल्लो घुम्तीमा पुगेको प्रहरीले जनाएको छ ।