Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती राजमार्गः  पहिराले दाङ–सल्यान सडक अवरुद्ध
फाइल फाेटाे ।

अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराई जानकारी दिनुभयो । लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएका हुन् ।

सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो  । यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update