Kakhara सबैको खबर सम्पूर्ण खबर
माछमीमा अटो दुर्घटना एकै परिवारका तीन जना घाइते, अटो चालक प्रहरी नियन्त्रणमा
फाइल फोटो ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ माछमीमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन । आज साँझ मध्यपहाडी लोकमार्ग सडक खण्ड  खंलगादेखी छिबाङ तर्फ जाँदै गरेको लु प्र ०२-००१ ह १३१३ नम्बरको अटो माछमीमा दुर्घटना भएको हो । मुसिकोट नगरपालिका १० का ३४ वर्षीय   भुपप्रसाद नेपालिले चलाएको अटो अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

अटो दुर्घटनामा घाइते हुनेमा बाँफिकोट गाउँपालिका १० का ४० वर्षीय  घनबहादुर गिरी, उहाँकि श्रीमती ३५ वर्षीय कौसिला बुढा गिरी, उहाँकी ८ वर्षीय  छोरी कटिना गिरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार  घाइतेहरुलाई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

अटो चालक नेपालीसहित अटो नियन्त्रण लिएको प्रहरीले जनाएको छ  । अटो चालकसँग कुनै कागजपत्र नरहेको प्रहरी जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update