
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको पालिका भेला सम्पन्न भएको छ । आज वडा नम्बर ९ को सिम्लीमा भएको भेलाले नयाँ पालिका समिति निर्माण गरेको छ । भेलाले मदत ओलीको अध्यक्षतामा १२ सदस्यीय पालिका समिति निर्माण गरेको जिल्ला पार्टी सभापति मानबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपसभापतिमा महावीर पुन, सचिवमा कर्णबहादुर बुढाथोकी, सहसचिवमा मनीषा ओली, कोषाध्यक्षमा अनिता बुढाथोकी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा प्रकाश पुन, झुपा नकाल, भुपाल भारती, खिमराज केसी, नारायण ओली, दीपक डाँगी र किरण डाँगी चयन हुनुभएको छ । भेलामा जिल्ला पार्टी सभापति शाही सहित काठमाडौँ रुकुम सम्पर्क समितिका सभापति वीरबहादुर खड्का लगायत रास्वपा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
हिजो यही २६ गतेबाट बाँफिकोट गाउँपालिकामा पालिका समिति निर्माण गरेको रास्वपाले, त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र आठविसकोट नगरपालिकामा समिति निर्माण गरिसकेको छ । ३१ गते मुसिकोट नगरपालिकाको खलङ्गामा भेला मार्फत नेतृत्व चयन गर्ने रास्वपा रुकुम पश्चिमले जनाएको छ ।