Kakhara सबैको खबर सम्पूर्ण खबर
आठविसकोटमा जिप दुर्घटना, ९ जना घाइते
फाइल फोटो ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाकाे राडीबाट सुन्दरपानीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सोमबार साँझ ग १ ज ६७०५ नम्बरको जिप दुर्घटता हुँदा ९ जना घाइते भएका हुन । घाइते हुनेमा आठविसकोट नगरपालिका १० का ६५ वर्षिय रणबहादुर चन्द, सोही स्थानका की २८ वर्षिया पुर्णिमा चन्द्र, १० वर्षिय आशिष मल्ल, २६ वर्षिया नमिता पुन आरसी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

त्यस्तै घाइते हुनेमा १४ बर्षिय प्रभास परियार, १४ वर्षिया टिका विक, ११ वर्षिय विक्रम चन्द, ६१ वर्षिया जयकुमारी परियार र जाजरकोट भेरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षिया सविता परियार रहनुभएकाे छ । घाइतेहरुको अवस्था सामान्य रहेको र नगर अस्पतालमा राडीमा उपचार भइरहेको छ । जिप सडकबाट ५ मिटर खसेको थियो ।

जिप चालक आठविसकोट नगरपालिका ७ का २३ वर्षिय निराजन विक फरार रहेकाले खोजीकार्य भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update