Kakhara सबैको खबर सम्पूर्ण खबर
सहमति भएसँगै वडा कार्यालयमा लगाएको ताला खुल्यो ,  के भयाे सहमति ?
फाइल फाेटाे ।

रुकुम पश्चिमको त्रित्रेणी गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयमा लगाएको ताला खुलेको छ । वडा कार्यायल र स्थानीय सिस्नेरी बयलडाँडा सरसफाइ खानेपानी उपभोक्ता समिति विच सहमति भएसँगै वडा कार्यालयमा लगाएको ताला खुलेको हो । वडा कार्यालयले खानेपानी उपभोक्ता समितिलाई आयोजना निर्माणको लागि सिफारिस नदिएको भन्दै आज विहान उपभोक्ता समितिले वडा कार्यालयमा ताला लगाएको थियो । 

वडा कार्यालय र समितिको छलफलमा योजना निर्माणको लागि स्थानीय सिस्नेरी बयलडाँडा सरसफाइ खानेपानी उपभोक्ता समितिलाई नै मान्यता दिने र निर्माणको सम्पूर्ण  जिम्मा सोही समिति मार्फत हुने भएपछि सहमतिमा ताला खोलिएको सोही समितिका अध्यक्ष डेगबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अव उक्त समितिले वडा कार्यालयबाट हुने सवै प्रक्रिया पुर्याएर योजना सम्झौता गरेर निर्माणको काम सुरु गर्ने छ । 

सबैका लागि दिगो खानेपानी तथा सरसफाइ(सुस्वा) परियोजजना मार्फत निर्माण हुने एक घर एक धारा कार्यक्रमको सोही उपभोक्ता समितिले काम गर्ने गरी मौखिक सहमति पश्चात वडा कार्यालयमा लगाएको ताला खोलिएको वडा अध्यक्ष नन्दराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अव एक घर एक धारा निर्माणको काम सोही समितिले गर्ने छ । पहिले समिति निर्माण गर्दा वडाका कुनै पनि जनप्रतिनिधी भेलामा सहभागि नभएको र आम भेलाबाट समिति निर्माण नभएकाले वडाको सिफारिस नदिएको उहाँको भनाई छ । आजको छलफलबाट भने वडाका जनप्रतिनिधी स्थानीयको उपस्थितिमा सोही समितिलाई निर्माणको जिम्मा दिने सहमति भएपछि प्रक्रिया पुर्याएर आम भेलाबाट नै सोही समिति छनोट भएको उहाँको भनाई छ । बाँकी छुटेका २ घरहरुलाई पनि एक घर एक धारा निर्माण कार्यक्रममा समेटिने पनि सहमति भएको छ ।

वडामा सवैका लागि दिगो खानेपानी सरसफाइ(सुस्वा) परियोजना र पालिकाको साझेदारीमा करिव ३१ लाख बजेटमा एक घर एक धारा निर्माण कार्यक्रम परेको छ । यो योजना निर्माण भयो भने यहाँका करिव ३० देखि ४०  घर लाभांवित हुने छन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update