Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट दुर्घटना अपडेट : घाइते एक जनाको मृत्यु, एक जना घाइते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७  बास्तोलामा मोटरसाइकल दुर्घटना परी घाइते  एक जनाको मृत्यु भएको छ । 

आज साँझ बाँफिकोट गाउँपालिका ७ नदुवाबाट आठविसकोटको राडी तर्फ जादै गरेको क.प्र.०३००१ प ०६१३ को मोटरसाइकल दुर्घटना परी बाँफिकोट गाउँपालिका ७ का ४६ वर्षीय झलक खत्रीको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकल चालक सोही स्थानका २९ वर्षीय हरीभान खत्री घाइते हुनुभएको छ । घाइते हरिभानलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update