रुकुम पश्चिमको चौरजहारीमा फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । चौरजहारी नगरपालिका १ विमानस्थल नजिकै स्थानीय धीरबहादुर क्षेत्रीको घरको वाल निर्माणका क्रममा जग खन्दा फेला परेको बम आज नेपाली सेना चण्डी दल गणको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार वाल लगाउन जमिन खन्दै गर्दा सकेट बम फेला परेको थियो । बमजस्तो वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । खबर लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाँगीको नेतृत्वमा प्रहरी टोली खटिएर सुरक्षा दिएको थियो ।
नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर आज बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो । उक्त बम जनयुद्ध कालमा गाडिएको हुनसक्ने आशङ्का गरिएको छ ।





-1759842583.jpg)