राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिकको बन्द सूचिमा रुकुम पश्चिमबाट २ जना परेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन कार्य तालिका अनुसार रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचिमा रुकुम पश्चिमबाट २ जना परेका हुन् ।
जसमा खस आर्य तर्फ मुसिकोट नगरपालिका १ कैलदेउका प्रेमबहादुर बोहरा र सानीभेरी गाउँपालिका वडा नम्बर ११ की सिर्जना ओली सिज्जु पर्नुभएको छ । बोहरा शैक्षिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ भने सिज्जु पर्यटन प्रवर्द्धनका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । बोहरा रास्वपाको प्राइमरी इलेक्सन मार्फत समानुपातिक सूचिमा पर्नुभएको हो । सिज्जु भने बालेन समूहबाट रास्वपाको समानुपातिक सूचिमा पर्नुभएको हो ।
सानै उमेरमा कर्णाली चिनाउन लागेकी सिज्जु अहिले पर्यटन प्रवर्द्धनका क्षेत्रमा क्रियाशील हुनुहुन्छ भने युवा माझ चर्चित हुनुहुन्छ । प्रेम पनि लामा समय देखि शिक्षा क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले शैक्षिक क्षेत्रमा योगदान गरिरहनुभएको छ ।




-1759842583.jpg)